विप्लवको घोषणा, जनप्रतिनिधीलाई निशाना बनाउँदै जनयुद्ध गर्ने ( यस्तो छ तयारी )

मंसिर काठमाडौ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सशस्क्र जनयुद्धको थालनी गर्ने घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना पार्टी कार्यकर्ताहरुवीच त्यस्तो घोषणा गरेको हो । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन विरुद्ध पार्टीले बलियो उपस्थिती देखाइसकेको भन्दै विप्लवद्धारा हस्ताक्षर गरि जारी गरिएको सर्कुलरमा कार्यकर्तालाई अब तत्काल जनयुद्धको थालनी गर्ने भनिएको छ ।

त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएको छ । विप्लव नेतृत्वको उक्त पार्टीले चुनाव विरुद्ध भएको विस्फोटका घटनाहरु सबै आफूले गराएको जनाइसकेको छ । ‘हामीसँग रहेको सैन्य क्षमताबाट पुरानो राज्यसत्ता अत्तालिएको छ, उसले भनेको छ, अब सशस्त्र क्रान्तिको बाटोबाट पूर्ण रुपमा पुरानो सत्तालाई पराजित गरि नयाँ सत्ता स्थापनाका लागि अग्रसर हुन तयार हुनु पर्नेछ ।’

विप्लवले मिति उल्लेख नगरि जारी गरेको विज्ञप्ती सहितको सर्कुलरमा अबको कारबाही स्थानीय तह, प्रदेशसभा र प्रतिनिधीसभाका जनप्रतिनिधीमाथि केन्द्रीत हुने बताएको छ ।

हिजोसम्म हामीलाई राज्यसत्तासँग कसरी लड्ने भन्ने केही अन्यौलता थियो, हामी सुरक्षा निकायका साथीहरुसँग सिधै लड्न चाहेका छैनौँ, अब उक्त सत्ताको प्रतिनिधीका रुपमा रहेका जनप्रतिनिधीहरुसँग संघर्ष शूरु हुन्छ ।
एक स्रोतका अनुसार विप्लवले अब गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधीहरुलाई अपहरण गर्ने र आफ्नो प्रभाव बढाउने नीति लिएको छ । उसले ‘पुरानो सत्ता’ सँग हुने संघर्षमा नआउन सुरक्षा निकायलाई समेत अपील गरेको छ ।

движоккак продвинуть сайт в гуглепрокурор пушокdomenolog.ruпикерclassic army