बिप्लपद्धारा सुर्खेतमा जनप्रतिनिधिहरुलाई राजिनामाको चेतावनी, प्रतिनिधिहरू अातंकित

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गर्दै पत्राचार गरेपछि जनप्रतिनिधिहरू अातंकित बनेका छन् ।

नेकपाकाे अाफ्नै सत्ता जनपरिषदले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्राचा गरेर तत्काल राजीनामा दिन धम्की दिएपछि जनप्रतिनिधीहरू अातंकित बनेका हुन् ।नेकपाले पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाही गर्ने चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।

राजिनामा माग गरिएको एउटै बेहोराको पत्र सुर्खेतका अधिकांश स्थानीय तहका प्रतिनिधिको हातहातमा पुगेको छ । पत्रमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, बाबुरामले आत्मसर्मपणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ ।

पत्रमा जनप्रतिनिधिले कमिसन र जनताको ढाड सेक्‍नेगरी कर वृद्धि गर्ने कार्यमा जनप्रतिनिधि लागेको जानकारी भएको बताइएको छ ।

“कथित संसदीय चुनावमा तपाईँलाई उम्मेदवार नहुन र खारेज अभियानमा साथ दिन हाम्रो पार्टीले अपील गरेको थियो । यो अपिललाई तपाईँले उलंघन गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेकपाले पत्रमा भनेकाे छ ।

traditional russian christmas decorationsbest free personal finance software australiawww.goldenpages.uaпмж канадаrss каналыpalmetto ammo

Leave a Reply

Your email address will not be published. Required fields are marked *