मन्त्रिपरिषद्लार्इ पूर्णता दिन बिहानैबाट अाेली-दाहाल छलफलमा

 

काठमाडाैं, १४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको छ । ओली प्रधानमन्त्री भएको करिब ११ दिनपछि एमाले–माओवादी गठबन्धनको सरकारले आज पूर्णता पाउने भएको हो ।

दुबै दलले आज बिहान सम्ममा सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र दिउँसो मन्त्रीहरुको सपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा आज अपरान्ह ४ बजे सबै मन्त्रीहरुको सपथ खुवाउने गरी मन्त्रीहरुको नाम टुंगो लगाउने सहमति थियो ।

पार्टी एकतामा सहमत भएका दुबै दलले मन्त्रालय भागबण्डा गरेर लिएका हुन् । एमालेले प्रधानमन्त्री बाहेक १० वटा मन्त्रालय लिएको छ, भने माओवादीले ७ मन्त्रालय पाएको छ । प्रधानमन्त्री चयन भएकै दिन ओलीले २ मन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल हुदै छ । छलफलमा अध्यक्ष दाहालले माओवादीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको अन्तिम टुङगोका बारेमा जानकारी गराउने बुझिएको छ । छलफलमा सर्वाेच्च अदालतले राष्ट्रीय सभामा मनोनयन भएका सदस्यहरुका विषयमा गरेको आदेशका बारेमा पनि छलफल हुने छ ।

transsiberian train ticketsиталиюtransiberianin sightsвизовый центр франции в краснодаре официальный сайтпроверить работу на плагиат онлайн бесплатно

Leave a Reply

Your email address will not be published. Required fields are marked *