सुर्खेत । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य प्रकाश रोकायाले ६ नम्बर प्रदेशका सबै सांसदहरुलाई ‘लेण्डुप’ भनेका छन् । प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधनीबारे गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेता रोकायाले कर्णालीलाई राजधानीसँग साटेको बताएका छन् । उनले कर्णालीको नाम बचेको अारोप समेत लगाएका छन् ।

कर्णाली जनअधिकार मंचका अध्यक्ष समेत रहेका नेता रोकायाले छलफल, सुझाव र बहस नगरी प्रदेशको नाम र राजधानीबारे निर्णय गरेको बताएका छन् । उनले कर्णाली स्वास्यत्त प्रदेशको अावश्यकता प्रष्ट भएको समेत बताएका छन् ।

सामाजिक संजालमा रोकायाले लेखे 

अाज सुर्खेतमा लेण्डुपहरुले कर्णालीसँग राजधानि साट्ने काम गरेछन् ।

कर्णालिकाे नाम बेचेर राजधानिकाे नामाकरण गर्नमा हताराे किन ?

कर्णाली मरेकाे छैन ज्युदैछ भन्ने हेक्का हाेस् दलालहरुलाई ।

बिना छलफल, बिना सुझाव र बिना बहस के बाध्यता अाई लाग्याे लेण्डुपहरुलाई !

तसर्थ कर्णाली बिशेष स्वायत्त प्रदेश अब छिट्टै अावश्यक छ भन्ने अाज स्पष्ट भएको छ ।

अब भाेलिबाट के-के हुन्छ सम्पर्कमा अाउन सम्पूर्ण कर्णाली बासिमा अनुराेध छ ।узнаваемостьчек seo листиспользовать пытается ваш браузер для добычи криптовалютырустам назипов лидогенерациябюджетный горнолыжный курортвиза в эстонию в спб визовый центр