काठमाडौं, फागुन ११ । सार्क राष्ट्रमध्ये सबैभन्दा भ्रष्टाचार हुने देशको सूचीमा नेपाल सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले विश्वभरको भ्रष्टाचार प्रतिवेदन (करप्सन परसेप्सन इन्डेक्स, २०१७) मा नेपालले जम्मा ३१ नम्बर पाएको छ । एक सय पूर्णाङ्कमा अघिल्लो आव २०१६ मा नेपालले २९ अंक पाएको थियो । दक्षिण एसियाली राष्ट्रमध्ये भुटान ६७ अंकसहित २६ औं सूचीकृत भएर थोरै भ्रष्टाचार हुने राष्ट्रमा परेको छ । एक सय पूर्णाङ्कले अति स्वच्छ र जिरो अंकले अति भ्रष्टाचार रहेको जनाउँदछ ।

दक्षिण एसियाली राष्ट्रमध्ये अफगानिस्तान १५ अंकसहित १७७ औं स्थानमा रहेको छ भने बंगलादेश २८ अंकसहित १४३औं रहेको छ । नेपाल ३१ अंकसहित १२२ औं स्थानमा रहेर तेस्रो भ्रष्टाचार हुने मुलुकको सूचीमा सूचीकृत भएको हो । छिमेकी मुलुक भारत ४० अंकसहित ८१औं स्थानमा चीन ४१ अंक स्कोर पाएर ७७औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रीलंका ३८ अंकसहित ९१ औं, माल्दिभ्स ३३ अंकसहित ११२औं स्थानमा परेको छ ।

सयमा ८९ अंक पाएर न्यूजील्यान्ड विश्वभर सबैभन्दा कम भ्रष्टाचार हुने देशमा सूचीकृत भएको छ भने सोमालिया जम्मा ९ अंकसहित विश्वकै सर्वाधिक भ्रष्टाचार हुने देश भएको छ ।

सय पूर्णाङ्कमा ३१ नम्बर मात्र पाएको गत वर्षभन्दा भ्रष्टाचारमा केही सुधार आएको छ । नेपालले यसअघि २०१३ मा पनि ३१ अंक नै प्राप्त गरेको थियो । नेपाल अघिल्लो वर्षका तुलनमा केही माथि उक्लिए पनि अझै कमजोर अवस्थामा रहेको उनले बताए ।

भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै देशमा सुस्त गतिमा चलिरहेको प्रतिवेदनले देखाएको ट्रान्सपरेन्सी नेपालका अध्यक्ष श्रीहरी अर्यालले बताए । ‘पत्रकार र नागरिक संस्थाको सुरक्षा प्रत्याभूति नभएका देशमा धेरै भ्रष्टाचार हुने देखिएको छ,’ उनले भने ‘सन् २०१२ देखि हालसम्म अधिकांश पत्रकार धेरै भ्रष्टाचार हुने देशमा मारिएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनले एक सय ८० देशको भ्रष्टाचार बारे मापन गरेको छ । वल्र्ड इकोनोमिक फोरम, बर्टेल्सम्यान फाउन्डेसन, ग्लोबल इन्साइट, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएमजस्ता विश्व बजारमा छाएका अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका विभिन्न सर्वेक्षण र त्यसको प्रतिवेदनका आधारमा टीआईले सूची तयार गर्दै आएको छ । टीआईले यो सूची सन् १९९५ देखि सार्वजनिक गर्ने गरेको हो । तर, नेपाल भने २००४ देखि मात्र उक्त सूचीमा आबद्ध भएको हो ।

доминикана туры все включеновнутреннейреклама медийная яндекс директexcel freeкак готовить на сковороде грильсмс с сайта мтс