मधेसी सरकारलाई एमालेको समर्थन

 

जनकपुरधाम, ११ फागुन –  प्रदेश २ मा संघीय फोरमका संसदीय दलका नेता मो. लालबाबु राउत नेतृत्वको सरकारलाई प्रमुख प्रतिपक्षी दल एमालेले समर्थन दिएको छ। एमाले, माओवादीसहित दलको समर्थनसँगै सरकारको पक्षमा दुईतिहाईभन्दा बढी मत प्राप्त भएको छ ।

संविधानको धारा १६८ को २ बमोजिम फोरम र राजपा गठबन्धनको सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा प्रदेशसभा बैठकबाट गरिएको हो । चौथो ठूलो दल कांग्रेसले भने सरकारको प्रतिपक्षमा मतदान गरेको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत सिद्ध गर्नुपर्ने थियो ।

बैठकमा प्रमुख विपक्षी एमाले, माओवादी, संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसद शेष मोहम्मद अब्दुलले पक्षमा मतदान गरेका थिए । प्रदेशसभाका १ सय ७ सांसदमध्ये बैठकमा उपस्थित एक सय सांसद मतदानमा सहभागी थिए । सभामुख तटस्थ बसेका थिए भने ६ सदस्य अनुपस्थित भए । आजको अन्नपूर्णमा खबर छ ।

одежда брендыde tourдобавлениеправлениевиза в грецию в сургутедоменное имя ру

Leave a Reply

Your email address will not be published. Required fields are marked *