कांग्रेस सभापति शेरवहादुर देउवाले उमेर पाकाे भएकाे ब्यक्तिलाइ नेविसंघकाे सभापति बनाउन खाेजेकाे भन्दै पार्टी कार्यालय सानेपामा नेपाल विधार्थी संघले रिले अनशन सुरू गरेकाे छ । पार्टी वैठक समेत बस्न नसकेर हैरान भएकाे कांग्रेसमा नेविसंघले रिले अनशन सुरू गरेर ३२ बर्षकाे उमेर हद ननाघेकाे विधार्थीलाइ सभापति बनाउन माग गरेकाे छ।नेविसंघले ३२ बर्ष उमेर नाघेकाे बयक्तिलाइ नेविसंघकाे सभापति नवनाउने विधान बनाएकाे छ। तर,माउ पार्टी कांग्रेसले भने विधार्थी संघले बनाएकाे याे विधानकाे उल्लंघन गर्दै ५२ बर्ष उमेर पुगेका राजीवलाइ सभापति बनाउन सभापति देउवा कस्सिएका छन भने यस्तै पाकाे उमेरका मनाेज वैधलाइ महासचिव बनाउन प्रकाशमान सिह लविङ गरिरहेका छन।तर,वुधवार देखि नेविसंघका केही युवा नेताले भने समयले युवा नेता नै खाेजेकाे भन्दै बृद्ध नेतालाइ ठाउ नदिन माग गर्दै रिले अनशनमा बसेका छन।