नेपाल आयल निगमले राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । डिजल र मट्टितेलको मूल्यमा एक रुपैयाँ बढाइएको आयल निगमले जनाएको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्यको खुद्राबिक्री मूल्य भने यथावत नै रहेको निगमले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

यो मूल्य समायोजन गरेपछि नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य २०.४१ रुपैयाँ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य  १७.१६ रुपैयाँ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ निगमले जनाएको छ।