अहिले नेकपामा सभामुख चयनको बिषयलाई लिएर अध्यक्ष प्रचण्डले  शिर्ष नेताहरुसंग दिनहुुँ छलफल गरिरहेका छन । बिशेष गरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सभामुख चयनको बिषयमा दाहाल सक्रिय भएका छन ।

नेकपाभित्र सुवास नेम्वाङ, अग्नीप्रसाद सापकोटा र शिवमाया तुम्बाहाङफेले सभामुखको दावी गरिरहेका छन् । यी तीन दावेदारहरुसँग प्रचण्डले छलफल गरिरहेका भए पनि सुवास नेम्वाङको दाबेदारी नरहेको चर्चा बाहिरिएको छ । नेम्वाङको दाबेदारी नरहेपछी अब दुई जनाको मात्र दाबी रहेको बुझीएको छ।

दुई जना भित्रकि सभामुख पदकी दावेदार उपसभामुख तुम्बाहाङफेलाई आइतवार प्रचण्डले आफ्ना ज्वाई सागर मार्फत संदेश पठाएका थिए । विशेष श्रोतका अनुुसार प्रचण्डको संदेश बोकि सागर उपसभामुखको कार्यकक्ष सिंहदरवार पुगेका थिए । सागरले प्रचण्डको संदेश सुनाएपछि तुम्बाहाङफे आशाबादी भएकि छिन् ।

‘प्रचण्डको संदेश बोकि सागरजी आउनुभएको थियो’ उपसभामुख निकट स्रोतले भन्यो ‘प्रचण्डको संदेश सुनेपछि उपसभामुख केही खुसी हुनुभएको छ ।’ प्रचण्डको संदेश सभामुखका लागि थियो या अन्य पदको प्रस्ताव गरिएको थियो । त्यो भने खुल्न सकेको छैन ।