काठमाडौ । आइतवारदेखि पार्टी मुख्यालयमा बसेको नेकपाको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले महाधिबेशनको प्रस्ताव ल्याएका छन । जिल्ला अधिबेशन तीन महिनापछि र केन्द्रीय महाधिबेशन एक बर्षभित्र गर्ने गरी स्थायी कमिटीमा प्रस्ताव गरेका एक स्थायी कमिटी सदस्यले अग्निज्वाला लाई बताए ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सल्लाहमा दाहालले प्रस्ताव ल्याएका हुन । सो प्रस्तावमा  सबै स्थायी कमिटी सदस्यको एकमत जनाएका छन ।

दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी वर्ष २०७७ सालभित्र जसरी पनि महाधिवेशन गरि छोड्ने र जिल्ला अधिवेशनको तयारी तीन महिनापछि थाल्ने उल्लेख छ ।