करिब १९ लाख ग्राहक संख्या भएको एन आई सी एशिया बैंकले दुई नयाँ शाखा काठमाडौँ र ललितपुरमा क्रमश दरबारमार्ग र मंगलबजार एकैसाथ सञ्चालनमा ल्याएको छ।

काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा र ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा आज मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको छन ।

दरबारमार्ग शाखाकोे समुद्घाटन एन आई सी एशिया बैंक लि का उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले गर्नुभयो भने मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले गर्नुभएको थियो। शाखा सञ्चालनमा तिब्रता दिएको बैंकले दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहक महानुभावहरुलाई सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।