काठमाडौँ । एक वर्षपछि सत्तारुढ (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।

स्थायी समिति बैठक अगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। शनिबार बस्ने भनिए पनि शीर्ष नेताहरू स्थायी कमिटी बैठकको तयारीमा रहेकाले सचिवालय बैठक पुनः आज बस्ने छ।