काठमाडौं। मानिस आफ्नो जिवनकालको औसत दिनमा १० घण्टाको हिसाबले कुर्सीमा बिताउछन्। कुर्सीमा बस्ने बसाई हाम्रो शरीर अनुसार मेल खाएन भने स्पाइनल कर्ड अर्थात कम्मर, घाँटी दुख्ने समस्याका साथै शरीरमा रक्त संचारलाई कमजोर पार्दै जान्छ।

शोधकर्ताहरुले यसको लागि इर्गाेनोमिक्स कुर्सीको डिजाइन गरेर प्रयोगमा ल्याएका छन्। जुन हाम्रो शरीरको बनावट अनुसार समायोजन गर्न मद्दत गर्छ । तथा यस प्रकारका समस्याबाट टाढा राख्छ।

केहीसमय अघिसम्म अन्तर्राष्ट्रिय बजारमा मात्र उपलब्ध यो कुर्सी अब नेपालमा पनि उपलब्ध छ। अन्तर्राष्ट्रिय शोधकर्ताहरूको संस्था बीआइएमए बाट इर्गोनोमिक्स प्रमाणित गरेको भारत तथा सिगांपुरस्थित ब्लुबेल ईर्गोनोमिक्सको ‘भिबोन’ ब्राण्डका कुर्सी अब नेपालमा उपलब्ध छ।

चक्रपथ, महराजगंजस्थित हलेशी डेकोरमा कम्पनीले ईर्गोनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापित गरेको छ। निकट भविष्यमा नै देशका प्रमुख सहरहरूमा यो कुर्सी उपलब्ध गराउने बताइएको छ। घर, कार्यालय अन्य प्रयोजनको लागि ४० भन्दा बढी डिजाइनका भिबोन इर्गोनोमिक्स कुर्सी कम्पनीले नेपालमा उपलब्ध गराएको छ।