मँसिर:-27

By-मान ब.बिश्वकर्मा

कालिकोट:-बिहिवार बाट सुरु भयको अबिरल बर्षा का कारण कालिकोट जिल्ला र कालिकोट जिल्ला अासपसका श्रेत्रमा जन जिबन प्रभाबित बनेको छ कालिकोट को खाँडाचक्र नगरपालिका,रास्कोट नगरपालिका,तिला गुफा नगरपालिका,सान्नि त्रिबेर्णि गाँउपालिका,नरहरिनाथ गाउँपालिका,शुभकालिका गाउँपालिका,महाँबै गाउँपालिका,र पलाँता गाउँपालिका का अति नै लेकालि श्रेत्रमा चिसो ले बुढा बुढि र बालबालिका लाई प्रबाभ पारेको छ।।

बर्षा भईरहदाँ जीवन कष्टकर मय बनेको छ अति नै चिसो ले सतायपछि घर बाहिर निस्किन समेत सकिय को छैन अबिरल बर्षा भैईरहदा निकै नै चिसो ले सताय पछि काम पनि चिसो सँगै बन्द रहेको छ सुदुरपश्चिम र मध्यपश्चिम लगायत अन्य ठाँउमा पनि निकै नै वर्षा भैरहयको पुर्ब महाँनु साखाले जनायको छ हिमालि,श्रेत्र पहाडि श्रेत्र,र तराई श्रेत्र मा पनि अति नै चिसोले सतायको छ बुढा बुढि बालबालिका लाई अति नै न्यानो कपडा लगाई घर भित्रै बस्न समेत चिकित्सक ले अाग्रह गरेका छन

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । साथै कालीकोटमा भारि बर्षा भइरहेको छ भने हिमाली भेगमा हिमपात पनी भैरहेको छ ।

शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने पूर्वानुमानमा उल्लेख छ । यता, मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का हिमपात हुन सक्नेछ । साथै, पश्चिमी भूभागका केही स्थानमा हुरी आउन सक्छ ।

श्चिमी भेगका केही स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, पश्चिमी उच्च पहाडी र हिमाली भूभागहरुमा भारी हिमपात हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह समेत गरेको छ । भने पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा पनि सामान्य हिमपात हुनेछ ।