बिहीबार बेलायतमा भएको संसदीय निर्वाचन परिणामले सत्तारुढ कन्जर्भेटिभ पार्टीलाई स्पष्ट बहुमत हासिल गराएको  छ । सत्तारुढ दलले ६५० सदस्यीय संसदमा ६३७ स्थानको परिणाम आउँदा ३५५ स्थानमा विजय हासिल गरेको छ । लेवर पार्टीले भने २०२ स्थानमा मात्रै जित हासिल गरेको छ । यद्यपि, १३ स्थानको परिणाम आउन बाँकी नै छ । लेबर पार्टीका नेता जेरेमी कार्बिनले यस नतिजालाई ‘लेबर पार्टीका लागि एक ठूलो निराशाजनक रात’को प्रतिक्रिया दिएका छन् ।

यस निर्वाचन परिणामबाट कन्जर्भेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जनसनलाई बेलायतलाई युरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट डिललाई लागू गर्न सक्ने जनादेश मिलेको छ ।