काठमाडौं– मौसम बदलीका कारण काठमाडौं उपत्यका वरपरका अग्ला डाँडामा हिउँ पर्न थालेको छ ।

काठमाडौंको पश्चिम डाँडो चन्द्रागिरीमा आज दिउँसोदेखि हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स केबलकारका कर्मचारीले बताएका छन्।

हिउँ पर्न थालेसँगै मानिसकाे चाप बढेकाे छ। चन्द्रागिरीमा साँझसम्ममा बाक्लै हिउँ पर्ने अनुमान गरिएको छ ।डाँडाहरुमा हिउँ पर्न थालेसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। दिउँसोदेखि नै सिमसिम पानी भने परिरहेको छ ।