उपचुनाव पछि चुनावकाे समिक्षा गर्न बसेकाे नेपाली कांग्रेसकाे केन्द्रिय समितिकाे वैठक विवादकाे भुमरीमा  परेकाे छ। हिजो पार्टी कार्यालय सानेपामा बसेकाे केन्द्रिय समितिकाे वैठकमा १४ अैं महाधिवेशनकाे विषय बहशकाे एक नम्वर वुदा हुनुपर्ने माग पौडेल समुहले गरेका थिए। तर यहि विषयमा कुरा नमिल्दा पार्टी कार्यालयमा रामचन्द्र पाैडेल समुहले वैठक बहिष्कार गरेकाे छ भने सभापति शेरवहादुर देउवा समुहले भने वैठक चालु राखेकाे थियाे।बहुमतकाे बलमा बैठक राखेकाे भन्दै पाैडेल समुहले अब यसलाइ थप संघर्ष गर्ने जनाएकाे छ।यसकाे लागि आज प्रकाशमान सिहकाे निवास चाकसीवारीमा वैठक बोलाइएको छ।यहि वैठकले नै थप रणनीति तयार गर्नेछ। पौडेल समुहको बैठक बहिष्कार गरे तर यहि वैठकमा महामन्त्री डा.शशांक काेइाराल भने वैठक उपस्थित नै भएनन भने सिटाैला समुहका नेता कृष्णप्रसाद सिटाैला झापा हिंडेका थिए। केही दिन अघि मात्र महामन्त्री डा.काेइरालाले पार्टी कार्यसमितिकाे पदाविध डेढ बर्ष थप गर्ने जनाएका थिए।तर पाैडेल समुह भने फागुनमा कांग्रेस पदाधिकारीकाे चार बर्षे कार्यकाल सम्पन्न हुने र लगत्तै महाधिवेशन गर्नुपर्ने माग उनीहरूले गरेका हुन।तर,देउवाले भने हेराैंला भन्दै पाैडेल समुहकाे याे मागकाे वास्ता गरेनन।उनले महाधिवेशनकाे लागि अन्तरिम ब्यवस्थापन गर्नकाे लागि पनि विभाग गठन गर्नुपर्ने भन्दै वैठक राखेका थिए।देउवाले पार्टीका ४१ विभाग गठनकाे तयारी गरेपनि विहिवारकाे वैठकमा यसाे गरेनन।उनले खेलकुदमा जितेका खेलाडीलाइ बधाइ दिने लगायतका ९ वुदे प्रस्ताव मध्ये दुइ वुदे प्रस्ताव मात्र पास गरे।महामन्त्री नभएकाे हुनाले वैठकमा सहमहामन्त्री डा.प्रकाशशरण महतले वैठकमा एजेण्डा प्रस्तुत गरिएकाे थिए ।