टाटा मोटर्सको अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सो कार्यक्रम टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक सोरुममा शुक्रवार देखि मंसिर २९ गते आइतवार सम्म संचालन हुनेछ ।

उक्त अवसरमा ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध हुनेछ ।

उक्त कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।