सागमा ४ स्वर्ण पदक सहित कुल ९ वटा पदक जितेकी गाैरिका सिहले अब पुरस्कार वापत कति रकम पाउँछिन भन्ने नया बहश सुरू भएकाे छ।सरकारले वुधवार स्वर्ण पदक जितेकाेलाइ ९ लाख र एक भन्दा बढी स्वर्ण पदक जितेकाेलाइ ११ लाख दिने घाेषणा गरकाे थियाे।यहि सुचना दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले गाैरिकाले कुल ६५ लाख पाउने सुचना दिए।उनले सञ्चार माध्यामलाइ मात्र हाेइन,टिवटर फेसवुकमा समेत यहि कुरा लेखे।उनकाे हिसाव यस्ताे छ।
थापाले केवल गाैरिकाकाे मात्र हिसाव निकालेनन उनले अन्य खेलाडीकाे पनि हिसाव निकाले।तर,विहिवार भने उनकाे याे हिसाव मिलेन भनेर नया हिसाव निकालिएकाे छ र याे हिसाव निकाल्ने अरू काेही नभएर प्रधानमन्त्री केपी अेालीले असाध्यै पत्याएर राष्ट्रिय खेलकुद परिषदमा पुरयाएका सदस्य सचिव रमेश सिलवाल हुन।उनले विहिवार सार्वजनिक मञ्चबाट नै भनिदिए-गाैरिकाले कुल ५९ लाख रकम पाउनेछिन।उनले गाैरिकाले ११ लाखकाे दरले करिव ५९ लाख पाउने कुरा बाेलेका छन।

सागमा जितेका खेलाडीले कति रकम पाउने भन्ने कुरा पनि सम्वन्धित निकायबाट नै दुइ थरि कुरा सार्वजनिक भएपछि अहिले खेलाडी पुरस्कार रकम कति पाउनेछन भन्ने नया अन्याेल देखा परेकाे छ।

खेलाडी पाउने पुरस्कार रकममा पनि सरकारले टयाक्स पनिलिने गरेकाे छ।जस्ताे,यदि गाैरिकाले ५९ लाख पाइन भने उनकाे पुरस्कारबाट २५ प्रतिशत रकम काटिन्छ र उनले करिव ४४ लाख रकम पाउनेछिन।