नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले हिन्दु धर्म संकटमा परेकाे बताएका छन। बाग्लुङमा शालिग्राम संग्राहलयकाे उदघाटनपछि उनले पाश्चात्य धर्मकाे नेपालमा प्रभाव बढन थालेकाे भन्दै यसले नेपालकाे माैलिक धर्म भने संकटमा पर्न थालेकाे बताएका छन। २०६२ सालकाे अान्दाेलनपछि बनेकाे अन्तरिम संविधानमा नै नेपाल धर्मनिरपेक्ष राज्य भनेर घाेषणा गरिएकाे थियाे।राजनीतिक पार्टीहरूले गरेकाे यहि निर्णयलाइ कतिपय फिर्ता लिनुपर्ने भन्दै अाएका छन।कांग्रेस भित्रैपनि यस मुद्धामा लामाे बहश भएकाे छ।गत बर्ष भएकाे महासमिति वैठकमा ठुलाे संख्यामा उपस्थित भएका महासमिति सदस्यले कांग्रेसले नेपाललाइ हिन्दुराज्य बनाउन पहल गर्नुपर्ने माग राखे तर पार्टीले वैधानिक रूपमा कुनै निर्णय यसवारेमा गरेन। तर अाइतवार वागलुङमा पुगेर सभापति देउवाले नेपालकाे माैलिक धर्म संकटमा परेकाे बताएपछि पुन याे मुद्धा बहशमा अाएकाे छ।

कालीगण्डकी नदीमा पाइने दुर्लभ शालिग्रामकाे संरक्षणकाे लागि भनेर संग्राहलय बनाइएकाे हाे।सभापति देउवाले याे संग्राहलयले दुर्लभ शालिग्राम संरक्षण हुने बताएका छन।सभापति देउवाले सरकारले गर्नुपर्ने काम निजि स्तरबाट भएकाेमा हर्ष प्रकट गरेका छन।