मेरो जन्ममिति फरक परेको मानवीय त्रुटिले : डा. गोविन्द केसी

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटिका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गरेका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलनमा डा.केसीले नागरिकता र प्रवेशिका (एसएसली)को चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराएका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा.केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ।
 
केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकताअनुसार उनको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ। ‘बढुवाका लागि पेस गरिएका कागजात फरक जन्ममिति हुनु मानवीय त्रुटी भएको म स्वीकार्छु,’ डा.केसीले पत्रकार सम्मेलनमा भने, ‘सम्बन्धित कार्यालयमा बुझाएका कागजात रुजु गर्ने अभ्यास हुन्छ।’ त्रुटीबारे पहिले नै थाहा भएको भए सम्बन्धित निकायमा गएर आफूले त्रुटी सच्चिसक्ने उनको भनाइ थियो। अाजकाे कान्तिपुरमा खवर छ ।

Incomingammunition beikirchвидыпроверить сайт скрытые на ссылкиКак чистить зубыпроверить тиц и пр сайта

Leave a Reply

Your email address will not be published. Required fields are marked *