१९ मंसिर–चीनले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडान अनुमति दिएको छ ।

नेपाली व्यवसायीको बढी आवत जावत हुने ग्वाङ्झाउका लागि चीनले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएको हो । निगमले ग्वाङ्झाउमा उडान विस्तारका लागि अनुमति मागेको थियो ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनका अनुसार, सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको हो ।