सिंहदरबारमा सिंह होइन स्याल बस्छन् भन्ने अनुभूति भयो ; कालापानी सीमा रक्षा अभियन्ता ठगुन्ना

कालापानीको पीडाले नेपालका शासकहरुलाई किन छुदैन ? यतिलामो वर्षसम्म पनि किन कालापानीको सीमा समस्या हल हुँदैन ? यी यस्तैं पीडा र समस्या बोकेर कालापानी नजिकैं बस्ने स्थानीय रघुवीर ठगुन्ना काठमाडौं आइपुगे । 

उनले कालापानी दुख्दा नेपालका शासकहरुलाई कहिल्यैं नदुख्ने गरेको रहस्य पोखे ।

कालापानी सीमा विवाद हल गर्न भारत पनि तयार भएको तर नेपालका शासकहरुले त्यो विवादलाई हल गर्न भित्रैंदेखि इच्छाशक्ति नभएका कारण सीमा समस्या वर्षौदेखि ज्युँका त्युँ रहेको उनको कथन छ ।

आफ्नो पीडा लिएर काठमाडौं आएका उनले कालापानी समस्याबारे कुनैं पनि सांसद र मन्त्रीले संसदमा गंभीरतापूर्वक प्रस्ताव राख्न नसकेको कारण भारतलाई सजिलो पर्न गएको बताए । जनता र राष्टका लागि काम गर्ने भनेर कसम खाएर आएका सांसदहरु सिंहदरबारमा बसेर कुनैं काम गर्न नसकेको भन्दैं ठगुन्नाले उनीहरुलाई सिंह होइन स्यालको संज्ञा दिए ।

‘सिंहदरबारमा सिंह बस्छन् कि स्याल बस्छन् भनेर कालापानीको पीडा बोकेर म काठमाडौं आएको हुँ’, उनले भने, ‘मलाई लाग्छ नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सिंह होइन स्याल बस्छन् भन्ने अनुभूति भएको छ ।’

आफुले केही समयअघि कालापानी सीमामा पुगेर प्रत्यक्ष त्यहाँको अवस्था बुझेको भन्दैं उनले नेपालका बासिन्दाहरु सीमामा भारतको अधिनमा बस्नु परेको दयनीय चित्र रहेको सुनाए ।

नेपाली नागरिक भएर पनि कालापानीको सीमामा बस्ने नेपालीहरु आफ्नै भूमिमा हिड्डुल गर्न भारतकैं अनुमति लिनुपर्ने बाध्यतात्मक अवस्था रहेको अर्को गंभीर समस्या बताए ।

नेपाल सरकार र सुरक्षाकर्मीले सीमाको समस्या समाधान गर्न सक्दैनन् भने आफुहरुलाई हतियार दिए सीमाको रक्षा गर्न तयार समेत रहेको उनले बताए ।

उनले भने, ‘यदि नेपाल सरकार र सुरक्षाकर्मी कालापानी सीमामा जान सक्दैन भने हामीलाई हतियार र लत्ताकपडा दिइयोस हामी आफ्नो भूमिको रक्षा गर्न तयार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *