काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।

नेपालका लागि सुजल श्रेष्ठले दुई गोल गरे। उनले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यस्तै उनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै नेपाली टोलीको अग्रता दोब्बर पारे। नेपालका लागि ६६ औ मिनेटमा अभिसेक रिजाल तथा ७७ औं मिनेटमा मिक्चेन तामाङले चौथो गोल गरे। उनले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए।

राउन्ड रोविनको लिगको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपालले यो जितसँगै ३ अंक जोडेको छ। भूटानले सोमबार भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।