देउवा र गच्छेदार

राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहित्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसकै नेता विजयकुमार गच्छदार। २०४८ यताका ६ वटै निर्वाचनमा विजय हासिल गरेर यी दुई नेताले ‘डबल ह्याट्रिक’ गरेका छन् ।

बहुदलीय व्यवस्थास्थापनापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन–२०४८ यता २०५१, ०५६ को निर्वाचनका साथै संविधानसभा निर्वाचन–२०६४ र २०७०मा विजय हासिल गरेका कांग्रेसका अर्का बरिष्ठ नेता रामचन्द्र पौडेल भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएर ‘डबल ह्याट्रिक’ गर्ने अवसरबाट बञ्चित भए।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सम्पन्न निर्वाचनमा विजय हासिल गरेर ‘डबल ह्याट्रिक’ गरे। यस्तै अवसर गच्छेदारले पनि पाएका छन्। तर, देउवा ६ पटक नै नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने गच्छेदारले २०६० मा मधेशी जनअधिकार फोरम र २०७० मा फोरम लोकतान्त्रिक) बाट चुनाव जितेका थिए।

 

     हाम्रो फेस्बुक पेजमा गयि लाइक गर्दिनु होला!

 

 pravogolosaвернутьпромабилетыпроверка редиректаemojiplus смайлы и стикеры для вконтакте