विकास बैंक पनि सबल बन्दै
अहिले विकास बैंकहरु पनि हरहिसाबले वाणिज्य बैंकसरह भइसकेका छन् । विकास बैंकहरु ग्रामीण भेगको ससानो पुँजी संकलन गरेर पनि वाणिज्य बैंकसरहकै कारोबार गर्न सक्षम भइसकेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष भरतराज ढकाल बताउँछन् । यद्यपि, अन्य कारोबारमा समान व्यवहार गरिएको भएतापनि सरकारले स्थानीय तहमा जाने र सरकारी कारोबार गर्ने विषयमा वाणिज्य बैंक र विकास बैंकलाई फरक व्यवहार गरिएको उनको भनाइ छ । ‘वाणिज्य बैंक र विकास बैंकबीच चुक्तापुँजी, विदेशी मुद्रा सटही लगायतका केही सीमित कुराहरुमा विकास बैंक र वाणिज्य बैंकहरुबीच केही फरक छ,’ ढकालले  भने ‘यद्यपि, शाखा संख्या, निक्षेप संकलन, कर्जा लगानी लगायतका कुरामा विकास बैंकहरु वाणिज्य बैंकसँग प्रतिष्पर्धात्मक तवरले अघि बढिरहेका छन् ।’ प्रविधिको हकमा विकास बैंकहरुले हालसम्म क्रेडिट कार्ड प्रयोगमा नल्याएको भए तापनि अन्य प्रविधिहरुमा विकास बैंकहरु पनि अघि बढिसकेको उनले बताए ।

domenolog.ruяндексfamousпрограммасуть ссылочной массымагазин кастрюли