सिंगाे गाउँ नै किनबेच !

काठमाडौँ, ६ फागुन – धनगढीमाई नगरपालिका १२ का पचुवा मरिकले तीन महिना अघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने ।

लहान नगरपालिका २२ सिसवनीका दिलीप मरिकले सोही नगरपालिका ४ को गाउँ एक बर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए । लहान नगरपालिका २२ का महेन्द्र मरिक भन्छन २० बर्षअघि ६ हजारमा किनबेच भएको गाउँको अहिले भाउ बढेको छ  ।

सिंगो वडा नै किन्ने दिलीम मरिककी हजुरआमाको नाममा बेलीगाउँ पनि छ । हिजो आज बेलीगाउँ दुई दाजुभाइले संयुक्त रुपमा चलाइरहेका छन् । परिवारको सदस्य वृद्धि भएकाले थप गाउँ किन्नुपरेको उनी बताउँछन् ।

मरिकले भने कमाइ गरिखाने गाउँ थोरै भएकाले त्यसबाट हुने कमाईबाट गुजारा चल्न धौ धौ परेपछि नयाँ गाउँ किनेको हुँ । आफ्नो गाउँ नहुँदा आफैले बनाएको बाँसका सामाग्री अरुलाई कम मूल्यमा दिनुपथ्र्यो ।’

डोम समुदायले बाँसका सामग्री बबनाउने र आफूले किनेको गाउँमा बेच्ने गर्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

лобановский александр игоревич классfakty.ua3редиректкакой бизнес в польшеorthodox pilgrimage tours

Leave a Reply

Your email address will not be published. Required fields are marked *