एउटै नम्बरलाइ फरक नेटवर्कमा जाेड्न सकिने

काठमाडौँ, ६ फागुन – नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताले सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने नम्बर पोर्टेबिलिटी सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।

यो सेवा सूरु भएपछि ग्लोबल सिस्टम फर मोबाइल (जिएसएम) प्रयोगकर्ताहरुले आफूले प्रयोग गरेको सिमकार्डबाटै आफूले चाहेको नेटवर्क स्वीच गर्न सकिने छ । अहिले प्राधिकरणले नम्बर पोर्टबिलिटी लागू गर्न कार्यविधि तयार गरेको छ ।

अब प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकमा छलफल भइ थप प्रक्रिया अगाडि बढाइने भएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नम्बर पोर्टबिलिटी लागू गर्न सम्पूर्ण मापदण्ड पूरा गरी कार्यविधि तयार भइसकेको जानकारी दिनुभयो ।

सबै सेवा प्रदायक कम्पनीहरुलाई एउटै सिस्टममा ल्याउने, डाटावेस तयार गर्ने र रजिष्टरको कामका लागि अध्ययन भइसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

аннетв яндексекаталог dmozдобавитьноутбук мощныйсапоги норфинПересадка костного мозга и последствия

Leave a Reply

Your email address will not be published. Required fields are marked *