दुवै छिमेकी निकटता बढाउन ‘आतुर’

काठमाडाै, ५ फागुन–  प्रधानमन्त्री केपी ओलीलाई छिटोभन्दा छिटो आफ्नो मुलुकमा स्वागत गर्न ‘आतुर’ देखिएका छन् । नयाँ सरकारसँग निकटता बढाउन दुवै देशका समकक्षीले ओलीलाई बधाई र शुभकामनासँगै भ्रमणको निम्तोसमेत पठाइसकेका छन् ।    चिनियाँ राजदूत यू होङले बिहीबार ओलीले शपथ लिनुअघि नै प्रधानमन्त्री ली खछ्याङको बधाई तथा शुभकामना वक्तव्य सुनाएकी थिइन् । वक्तव्यमा चीनले नयाँ सरकारसँग निकै निकट रहेर आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहेको उल्लेख छ ।
संक्षिप्त भेटमा राजदूत होङले प्रधानमन्त्री ओलीलाई बेइजिङमा स्वागत गर्न आफ्नो सरकार आतुर रहेको जनाउँदै राजनीतिक स्थायित्व र विकासका लागि चीन सधैं साथ रहने बताइन् । उनले निर्वाचनमा वाम गठबन्धनको बहुमत र सरकारमा सहकार्यका लागि शुभकामनासमेत दिइन् । ओली र होङबीच दुई देशबीचका सम्झौता अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।
 
भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत बिहीबार राति नै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजको बधाई सन्देश बोकेर ओली निवास बालकोट पुगेका थिए । पुरी त्यहीँ रहँदा मोदी र स्वराजले पालैपालो ओलीसँग टेलिफोन संवादसमेत गरेका थिए । दुवैले ओलीलाई शुभकामनासहित भारत भ्रमणको निमन्त्रणा दिए । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेका थिए । यो कुरा मोदीको टवीटमा पनि उल्लेख छ । मोदीले ओलीलाई पहिल्यैदेखि ‘भावी प्रधानमन्त्री’ भन्दै आइरहेकामा टेलिफोन वार्तामा पनि यसै विषयलाई लिएर केहीबेर हँसीमजाक गर्दै सफल कार्यकालको शुभकामना दिएको ओलीनिकट एक नेताले बताए । अाजकाे कान्तिपुरमा खवर छ ।

newsvo.ruwps performance station скачатьrobots.txtrbcпушок Фокинnew years eve in russia

Leave a Reply

Your email address will not be published. Required fields are marked *