सान्जेनले सञ्चयकर्ताका लागि छुटयाएको सेयर फागुन ११ देखि ३० सम्म आवेदन दिन सकिने 

रसुवागढीले सञ्चयकर्ताका लागि छुटयाएको सेयर चैत ५ देखि १३ सम्म भर्न सकिने

सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाको प्राथमिक सेयर फागुन ११ देखि खुला हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी दुई कम्पनीले सेयर निष्कासन हुने जनाएका हुन् ।

सान्जेनले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका संस्थापक संस्थाहरू र ऋणदाता संस्थाका कर्मचारीलाई सेयर निष्कासन गर्न लागेको हो । संस्थापक सदस्य नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई १९ दशमलव ५, चिलिमे जलविद्युत् कम्पनीकालाई ३ दशमलव ५ र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरूका कर्मचारीहरूलाई १ प्रतिशत सेयर छुटयाइएको छ ।

‘कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुटयाइएको २४ प्रतिशत (८७ करोड ६० लाख रुपैयाँ) बराबरको सेयर पहिलो चरणमा निष्कासन गर्न लागिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुटयाएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुटयाएको १५ प्रतिशत सेयर निष्कासन गरिनेछ । कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँ रहनेछ ।’

कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरू र ऋणदाता संस्थाका कर्मचारीहरूले सेयरमा आवेदन दिन सक्ने जनाइएको छ । ‘सञ्चयकर्ताहरूका लागि छुटयाएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि सञ्चयकर्ताले फागुन ११ देखि ३० फागुन, २०७४ सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।’

сколько стоит разместить объявление на авитоua.linkedinadvocat-cons.infoнизкочастотныхкрасивые туфли на низком каблуке купитьhermitage tours st petersburg