प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा अन्तिम मन्त्रिपरिषद् बैठक गरेर देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवासमा बहुमतको दावी गर्दै पुगिसकेका थिए। दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको सो पत्रमा नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्न उल्लेख गरिएको थियो। प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सदस्य छन्। एमाले एक्लैको बहुमत नपुग्ने भएर माओवादीको समर्थन आवश्यक थियो। राष्ट्रिय सभाको चुनावको लफडाका कारण चुनाव सकिएको ७१ दिन भइसकेकोले ओली हतारिसकेका थिए प्रधानमन्त्री बन्न। अस्ति  राति अबेरमात्र निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएर मात्र, नत्र अस्ति  दावी गर्न जाने तयारी थियो।

दावी गरेको केही समयमा नै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिदिए। प्रदेश सभाको अन्तिम परिणाम आएको यति धेरै दिन भइसक्दा त बल्ल प्रदेश सभाको बैठक बसिसकेर बल्ल प्रदेश १, २ र ७ मा मुख्यमन्त्रीले हिजै शपथ लिए, केन्द्रमा भने हिजो नियुक्ति गरेर हिजो शपथ गरी हिजो राति अबेर पदबहालीसमेत सकियो।

ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति पहिले आएको भए देउवाको राजीनामा ‘जोक’ हुन पुग्थ्यो। धन्न देशबासीका नाममा सम्बोधन गरी ‘मैले आजैको मितिबाट प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’ भनेर टिभीमा लाइभ आइसकेको केही मिनेट पछि बल्ल नियुक्तिको विज्ञप्ति आयो।

तर राष्ट्रपति कार्यालयको विज्ञप्तिको समय हेर्ने हो भने पहिला प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेको विज्ञप्ति, त्यसपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आएको विज्ञप्ति देखिन्छ

नेपालको संविधानमा प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने व्यवस्था छैन। तर राजीनामा पेश भएपछि राष्ट्रपतिले धन्यवाद दिँदै अर्को सरकार नबनेसम्म काम चलाइरहन भन्ने यसअघि प्रचलन थियो। देउवाले चुनावपछि नै राजीनामा नदिएपछि अहिले यो हालत भएको हो।

2315182076чьяsnow in st petersburg russiadaily.com.uaновый алгоритм королеваpayperprofits форум