दुनै(डोल्पा) ३ फागुन

सोमबार बेलुकी भारी हिमपात भएपछि कर्णालीको भु–भाग हिँउले सेताम्य भएको छ ।
कर्णालीको डोल्पा,हुुम्ला,मुगु लगाएतका जिल्लामा भारी हिमपात भएको भएपछि यहाँका किसानहरु उत्साहित भएका छन् ।
केही महिना अगाडी सम्म सुख्खा क्षेत्रहरु हिँउले ढाकीएपछि खेतीपातीकालागि राम्रोहुने भन्दै किसानहरु उत्साहित भएकाहुन्।
पुस माघमा परेको हिमपातले खेतबारी खनजोतको लागि राम्रोहुने त्रिपुरा सुन्दरी नगरपालिका पहाडाका कृषकहरुले बताए ।
यस बर्ष कर्णालीमा माघ महिना भित्रै तिन पटकसम्म हिमपात भईसकेको छ ।
हिमपातले सुख्खा जमिनलाई ओशिलो बनाउनुका साथै नउम्रेका अन्नबालीहरु समेत उम्रने भएकाले बालीनाली सप्रने कृषकहरुले बताएका छन् ।
“हिँउ परेपछि खेतबारीमा लगाईएका गहुँ,चौँ,उवा लगाएतका अन्नबालीलाई फाईदा गरेको छ,बालनाली उत्पादन समेत राम्रो हुने विश्वास छ”त्रिपुरा सुन्दरी नगरपालिका वडा नं १ त्रिपुराकोटका कृषक रबी प्रसाद न्यौपानेले भन्नुभयो ।
हिउँदमा समयमै दुई तिन पटकसम्म हिँउ प¥यो भने अन्नबाली उत्पादन राम्रोहुने उहाँले बताउनुभयो ।
कर्णालीको भुगोलनै भिरालो भएकाले अधिकाशं ठाउँमा सिचाईको सुविधा छैन् ।यहाँको खेतीपातीनै मनसुनमा आधारीत भएकाले बर्षाद र हिमपात पछि अन्नबाली लगाउने चटारो बड्ने गर्दछ ।
यस पटकको हिमपातले सिँचाई सुविधा नभएका पाखे खेतहरुकालागि राम्रोहुनुुका साथै नाङ्गा डाँडा पाखाहरुमा समेत घाँसपात पलाउने भएकाले पशुबस्तु चरीचरणका लागि सहजहुने कृृषकहरुले बताए ।
हिमपात पछि सुख्खा जमिन ओसोली भएकाले धुलो,धुँवा लगाएतका प्रदुशणहरु समेत हटेर स्वच्छ र सफा वाताबरण कायम भएको त्रिपुरा सुन्दरी नगरपालिकाका १ का स्थानीय दुर्गा प्रसाद देबकोटाले बताउनुभयो ।
“यसबर्ष उपयुक्त समयमा हिँउ परेकाले नदिका मुहानहरु समेत हिँउले भरीभराउ छन्,अघिल्ला बर्षहरुमा हिँउ नपरेर गर्मी महिनामा खोलानाला सुक्ने गर्दथे,यस बर्ष भने गर्मी महिनामा पनि पानीका मुहानहरु नसुक्ने देखिएकाले बर्खेबाली धान,मकै,कोदो लगाएतका अन्नबालीहरु लगाउन समेत सहजहुने बिश्वास छ” देबकोटाले भन्नुभयो ।2day.kh.uaмужскаялидогенерации услугичехиялогистические компании киевавайбер не отправляет сообщения на айфоне