वाम गठबन्धनका शीर्ष नेता हार्नुको कारण 

                    खोजिन्छः प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेताहरु हार्नुको कारण खोजिने बताएका छन्।

विजय हुनु अगाडि सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताले वाम गठबन्धनलाई चुनौतिसहितको अभिभारा दिएको बताएका छन्।

देशैभर वामपन्थी गठबन्धनको लहर चलिरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएपछि उनले त्यसका कारण खोजिने बताए। पार्टी र गठबन्धनको असहयोगका कारण उनीहरुको हार भएको चर्चा चलिरहँदा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले भने, ‘देशै भर वाम गठबन्धनको लहर चल्दा पनि केही शीर्ष नेताहरु हार्नुभएको छ’, उनले भने, ‘यसको कारण खोज्छौँ र उहाँहरुलाई मिलाएरै अगाडि बढ्छौँ।’

पार्टी एकतको प्रक्रिया अगाडि बढ्ने
अध्यक्ष प्रचण्डले आफू काठमाडौँ गएसँगै एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अगाडि बढ्ने बताए। उनले पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई छटै टुंगोमा पु¥याउने जानकारी दिए।

‘पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ’, उनले भने, ‘अब छट्टै दुई पार्टीका बीचमा एकता हुन्छ।’

                                   हाम्रो फेस्बुक पेजमा गयि लाइक गर्दिनु होला!

массфолловингangel.coперелинковкианкорыкак приготовить пасту с курицейсмс по интернету