पराजित भएका यी उपप्रधानमन्त्र

काठमाडौं मंसिर २५

पार्टीको देशव्यापी हारका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका छन्। एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि निकै ठूलो मतान्तरका साथ विजय हासिल गरेका छन्।

यसैगरी पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेताद्वय माधब नेपाल र झलनाथ खनालपनि विजयी भइसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि चितवन–३ मा निरन्तरतासहित अग्रता फराकिलो पारिरहेका छन्।

यसरी प्रधानमन्त्रीहरुका लागि निर्वाचन फलिफाप भइरहेका बेला उपप्रधानमन्त्री भइसकेका अधिकांस नेताहरुले पराजय बेहोर्नु परेको छ। कांग्रेसका रामचन्द्र पौडेल, एमालेका बामदेब गौतम र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठजस्ता उपप्रधान तथा गृहमन्त्री भइसकेका बरिष्ठ नेताहरुसमेत पराजित भइसकेका छन्।

बहालवाला सरकारमा उपप्रधान तथा उर्जामन्त्री कमल थापा पनि पराजित भइसकेका छन् भने उपप्रधानमन्त्री विजय गच्छेदार पनि सुनसरी–३ मा निरन्तर एमालेकी भगवती चौधरीबाट पछि परिरहेका छन्। स्याङ्जामा चाहिँ अझै मतगणना सुरु भइनसकेकाले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको भन्न सकिने स्थिति छैन।

पराजित भएका उपप्रधानमन्त्री। पूर्व उपप्रधानमन्त्रीहरु निम्न बमोजिम छन्ः

तनहुँ–१
रामचन्द्र पौडेल, नेपाली कांग्रेस (प्राप्त मत– २७ हजार ६ सय ५३)
बिजेता– कृष्णकुमार श्रेष्ठ ‘किसान’ (प्राप्त मत–३४ हजार ४ सय ८०)

मकवानपुर–१
कमल थापा, राप्रपा (प्राप्त मत–३४ हजार ६ सय ५८)
बिजेता–कृष्णप्रसाद दाहाल, (प्राप्त मत– ४० हजार ६ सय ३१)

गोरखा–२
नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्र, (प्राप्त मत– २४ हजार ९ सय ३३)
बिजेता– डा बाबुराम भट्टरार्इ, नयाँ शक्ति (प्राप्त मत– ३१ हजार ८ सय ७)

झापा–३
कृष्ण सिटौला नेपाली कांग्रेस (प्राप्त मत– ३१ हजार १ सय ७१)
बिजेता– राजेन्द्र लिङदेन, राप्रपा (प्राप्त मत– ४४ हजार ६ सय १४)

बर्दिया–१
बामदेव गौतम, एमाले (प्राप्त मत– ४४ हजार ७६)
बिजेता– सञ्जयकुमार गौतम, नेपाली कांग्रेस (प्राप्त मत–४४ हजार ८ सय २९)

उपप्रधानमन्त्रीहरुलाई जितको खडेरी भइरहेका बेला केही उपप्रधानमन्त्रीहरुले विजय हासिल गरेका पनि छन्। तीमध्ये वर्तमान सरकारमा विनाविभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरापनि छन्।

विजयी उपप्रधानमन्त्रीहरु निम्न बमोजिम छन्ः

दाङ–२
कृष्णबहादुर महरा माओवादी केन्द्र प्राप्त मत ४ हजार ४२
प्रतिद्धन्दी– राजु खनाल, नेपाली कांग्रेस (प्राप्त मत– २५ जहार ८ सय ९७)

अछाम–१
भीम रावल, एमाले (प्राप्त मत–२४ हजार ८ सय ८३)
प्रतिद्वन्द्वी–भरतकुमार स्वाँर, नेपाली कांग्रेस (प्राप्त मत– १७ हजार ७ सय १९)

काठमाडौं–४
र्इश्वर पोखरेल, एमाले (प्राप्त मत–२३ हजार २९)
प्रतिद्वन्द्वी– प्रकाशशरण महत, नेपाली कांग्रेस (प्राप्त मत– १३ हजार १ सय ६९)

सप्तरी–१
उपेन्द्र यादव, फोरम, (प्राप्त मत– २१ हजार ६ सय२०)
प्रतिद्वन्द्वी– उमेश यादव, माओवादी केन्द्र (प्राप्त मत– ११ हजार ५ सय ८०)

वर्तमान सरकारका उपप्रधानमन्त्री बिजय गच्छेदारचाहिँ सुनसरी–३ मा जीतका लागि निरन्तर संघर्ष गरिरहेका छन्। तर एमालेकी भगवती चौधरीले गच्छेदारलाई अग्रताको मौका दिएकी छैनन्।

त्यहाँको पछिल्लो मतगणना परिणाम निम्न बमोजिम छ

सुनसरी–३
अग्रता भगवती चौधरी एमाले (प्राप्त मत–२३ हजार १ सय १)
पछ्याउँदै, बिजय गच्छदार, नेपाली कांग्रेस (प्राप्त मत– २२ हजार २ सय ४९)
मतान्तर– ८ सय ५२

                                            हाम्रो फेस्बुक पेजमा गयि लाइक गर्दिनु होला!

пулы для майнинга криптовалютпроверить тиц яндексraskrytkaукраина отдыхлобановский александр интервьювиза в италию москва