विप्लव र वैद्यको आयोजनामा २३ औं जनयुद्ध दिवस मनाइदै,

 नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादीसहित क्रान्तिकारी कम्युनिस्टहरुको आयोजनामा फागुन १ गते २३ औं जनयुद्ध दिवस मनाइने भएको छ ।

काठमाडौंमा फागुन १ गते हुने २३ औं जनयुद्ध दिवसमा नेकपाका शीर्ष नेताहरु र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसहितको शीर्ष नेताहरु सो कार्यक्रममा सहभागी हुनेछन् ।

सो कार्यक्रममा माओवादी केन्द्रबाट विद्रोही नेताका रुपमा रहेका प्रभावशाली नेता गोपाल किराती र छुट्टै माओवादी विचारसमुहको नेतृत्व गरिरहेका आहुतीलगायतका नेताहरु पनि सहभागी हुने भएका छन् ।

उता माओवादी केन्द्रले फागुन १ मै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अतिथिको रुपमा आमन्त्रण गरेर जनयुद्ध दिवस मनाउँदै छ ।

 माओवादीसहित पार्टीहरुबीच हुन लागेको यो कार्यक्रमले क्रान्तिकारी जनतामा जनयुद्धले गरेका उपलब्धी लाई  नयाँ उचाई  दिने  अपेक्षा गरिएको छ ।

agФокин С прокуроркак собрать низкочастотные запросысайт а 10бесплатный аудит сайтакупить банки

Leave a Reply

Your email address will not be published. Required fields are marked *