प्रकास थापा (नाम परिवर्तन) को घर स्थिति राम्रो थिएन। विवाह भएको २ वर्षमा छोरी पनि थपिएपछि अर्थिक अभाव पूर्ति गर्न मलेसिया लागे। छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगञ्ज बजारमा कोठा लिएर राखेका थिए। मलेसियाको कमाईबाट मासिक केही हजार बचाएर श्रीमतीलाई पठाउँथे। ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानोतिनो व्यवसाय गर्ने उनको सपना थियो। नेपाल फर्कँदा पो थाहा भो, उनकी श्रीमतीले त दुई वर्षअघि नै अरुसित विवाह गरिसकेकी रहिछन्। श्रीमतीले छोरी जिम्मा लगाएर आधा सम्पति लिएर सम्वन्ध विच्छेदको बाटो समातिन्। आफूले कमाएको पैसा फिर्ता नपाएपछि राम यति बेला छोरीलाई अरुको जिम्मामा छोडेर फेरि मलेसिया हिँडेका छन्।

लोग्नेमान्छे भएर रुनु हुन्न.. गीतले पुरुषहरु जन्मजात बलियो र कठोर मनका हुन्छन् भन्ने आम मानिसको विचार चित्रण गर्छ। त्यसैले होला, समाजमा पुरुषविरुद्ध हिंसा बारे खासै चर्चा सुनिँदैन। हुनत घरेलु हिंसा पीडित हुने महिलाको तुलनामा पुरुषको संख्या निकै कम छ। तर हिंसा यस्तो विषय हो जसमा तुलना हुनु हुँदैन। हिंसा जुन रुप र जुन किसिमले आए पनि यसको निन्दा हुनुपर्छ। महिला हिंसाको समाचार हामी प्रत्येक दिन पत्रपत्रिकामा देख्छौँ तर पुरुष हिंसाको बारेमा खासै चर्चा सुनिँदैन। के पुरुषहरु हिंसाबाट पीडित छैनन् होला त?

जापानको प्रसिद्ध पत्रिका जापान टाइम्समा परदेशीहरुको मानसिक स्वास्थ्य सम्बन्धी लेख छापिएपछि मलाई धेरै इमेलहरु आए। ती इमेलमध्ये एकजना जापानमा बस्ने अमेरिकन पुरुषले इमेलमा आफ्नो पीडा पोखेका थिए। जापानी महिलासँग विवाह गरेका उनले लगातार ५ वर्षसम्म श्रीमती र ससुराले दिएको मानसिक र शारीरिक पीडा उल्लेख गरेका छन्। जापानको कानुनी प्रक्रियाको जटिलता र त्यसमा पर्दा आफ्नी छोरीसित अलग हुनु पर्ने अवस्था आउने डरका कारण उनले यो पारिवारिक हिंसा सहेर बसेका रहेछन्।

हुँदाखाँदाको अमेरिकाको जागिर छोडेर छोरीको लागि जापानमा आएर बसेका उनले २ पेज लामो इमेलमा आफ्नो पीडा र सन्तान मोहबारे उल्लेख गरेका छन्।

विज्ञान (नाम परिवर्तन)ले खासै पढेका थिएनन्। त्यसैले सामान्य व्यवसाय गरेर जीवन चलाउँथे। घर परिवारको सल्लाहमा उनको एक जना निजी कार्यालयमा काम गर्ने केटीसित विवाह भयो। उनको व्यवसाय राम्रो थिएन तसर्थ उनको कमाई भन्दा श्रीमतीको कमाई बढी थियो।

सुरुमा जीवन राम्रै चलेको थियो। कहिलेकाहीँ श्रीमतीको मुखबाट रक्सीको गन्ध आए पनि यसलाई उनले सामान्य रुपमा लिएका थिए। तर पछि त्यो क्रम बढेर गयो। श्रीमतीको गर्भ रहेकोमा खुसी भएका उनी त्यति बेला झस्किए जब उनले थाहा नपाई श्रीमतीले गर्भपतन गराइन्।

पछि स्थिति झन् बिग्रेर गयो। राति ढिलो आउने, रक्सी खाएर आउने, थाहा नदिइकन २/४ दिन हराउने क्रम सुरु भयो। उनले स्थिति सम्हाल्ने क्रममा काठमाडौँको एउटा नाम चलेको गैर सरकारी संस्थाको सल्लाह लिए । त्यो संस्थामा दुवैलाई बोलाएर सम्झाउने प्रयास गरियो। तर परिणाम उल्टो निस्कियो। मेरो सार्वजनिक बेइज्जत गर्ने भन्दै उनी हिंसामा उत्रिन्।

केटा मान्छेले सम्बन्धविच्छेद गर्ने कुरा सारै लामो प्रक्रिया देखेपछि उनी विरक्तिए र अध्यात्मक क्षेत्रमा उनको प्रवेश भयो। उनी आजकाल योग गुरु भएका छन्। श्रीमती आजकल विदेशमा बस्छिन्। पछिल्लो पटक मसँग कुरा हुँदा उनले गुनासो पोखे- न श्रीमती फर्कन्छिन् न सम्बन्ध टुक्र्याउनेमा राजी छिन्। बरु तैँले बिहे गरे जेल हाल्छु भनेर धम्की फोनबाट दिन्छिन्।

पुरुषविरुद्ध हिंसाको पहिचान
पुरुषविरुद्ध हिंसालाई शारीरिक र मानसिक हिंसा गरी विभाजन गरेर हेर्न सकिन्छ। पुरुषमाथि हुने भौतिक रुपको हिंसालाई शारीरिक हिंसाको रुपमा लिन सकिन्छ।

शारीरिक हिंसाको पहिचान सजिलो भएतापनि मानसिक हिंसाको पहिचान गर्न सजिलो छैन। सरल रुपमा भन्नु पर्दा पुरुषलाई मानसिक वा मनोवैज्ञानिक रुपमा आघात पुराउने हिंसालाई मानसिक हिंसाको रुपमा लिनु पर्छ।

नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा कानुनले दिएको अधिकारलाई प्रयोग गरी दिने मानसिक हिंसालाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ। यस बाहेक नामर्द , नपुंसक, जोइटिङ्ग्रे, हुत्तिहारा जस्ता शब्दको प्रयोगलाई पनि पुरुषविरुद्धको हिंसाको रुपमा लिन सकिन्छ। यस प्रकारको हिंसा सधै महिलाबाट नै हुनु पर्छ भन्ने छैन, पुरुषले पुरुषलाई गर्ने हिंसा पनि पुरुषविरुद्धको हिंसा हो।

किन आउँदैन पुरुष हिंसा बाहिर ?

१. कानुनको जटिलता – नेपालमा महिलाको निम्ति सम्बन्धविच्छेदको प्रक्रिया जति सजिलो छ पुरुषको निम्ति त्यति सजिलो छैन। कानुनले महिलालाई दिएको कानुनी अधिकारको पक्ष पुरुषको भन्दा बलियो छ। कानुनले पुरुष हिंसाको बारेमा प्रस्ट उल्लेख गरेको छैन। पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्था मा गा. बि .स कार्यालयबाट सुरु गर्नु पर्ने हुन्छ। महिलाको हकमा भने त्यो लागु हुदैन। महिलालाई कानुनी रुपमा सहयोग गर्ने धेरै संघसंगठन भएता पनि पुरुषको हकमा भने सारै कम छन्। महिलाले दायर गरेका मुद्दाहरुमा फैसलाहरु छिटो भएको तर पुरुषको हकमा भने एक वर्ष भन्दा बढी लाग्ने कुरा कानुन विदनै स्वीकार गर्छन।

२. पुरुष अहम र लोकलाज – नेपालमा पुरुष हरु सामाजिक रुपमा बलियो छन। महिलाहरु पुरुषको नियन्त्रणमा छन् भने आम मानसिकताका कारण म पत्नी पिडित छु र म पत्नीबाट हुने हिंसाबाट पिडित छु भन्न नेपाली पुरुष तयार हुदैनन। यसलाई पुरुष प्रधान समाजमा लोक लाज को रुपमा लिन सकिन्छ। समाजले पत्नीबाट नियन्त्रित पुरुष लाई जोइटिग्रे जस्ता शव्दले सम्वोधन गर्ने परिपाटीका कारण यस्ता घटनाहरु बाहिर आउन पाउदैनन।

३. छोराछोरीसित टाढा हुनुपर्ने त्रास –पुरुष हिंसाका घटना बाहिर नआउनुमा अर्को कारण परिवारको बिखन्डन पश्चात छोरा छोरी सित अलग हुनु पर्ने डरलाई पनि लिन सकिन्छ। कानुनत : छोरा छोरीमा बाबुको भन्दा आमाको बढी हक लाग्ने भएकाले छोरा छोरीको मायाको कारणले पनि यस्ता घटना बाहिर आउन पाउदैनन।

४. पुरुष हिंसा बारे जानकारीको अभाव- कस्तो प्रकारको हिंसालाई पुरुष विरुद्धको हिंसा भन्ने बारेमा चेतनाको अभाब मात्र होइन कानुनी रुपमा नै परिभाषा को अभाब छ। शारीरिक हिंसाको बारेमा केहि हद सम्मको चेतना भएता पनि धेरै पुरुष हरुमा मानसिक हिंसाको बारेमा जानकारी पाईदैन। हिंसा पहिचानको अभाबमा पनि धेरै पुरुष विरुद्धको हिंसा बाहिर आउन पाउदैन।

५. पुरुषलाई सजिलै दोष जान सक्ने सामाजिक वातावरण -नेपाली ग्रामिण क्षेत्रमा महिला हिंसाको विरुद्धका कार्यक्रम पुग्न नसकेता पनि सहरी क्षेत्रमा यस्ता कार्यक्रमहरु व्यापक रुपमा गरिने गरिन्छ। महिला हिंसाको बारेमा सहरी क्षेत्र यति धेरै संवेदनशील देखिछन् कि कुनै पनि घटनामा सजिलै पुरुषप्रति दोष जाने अवस्था छ। कुराको गम्भीरतामा नपसी सजिलै पुरुष नै सर्बमान्य दोषी हुनु पर्ने डरका कारण पनि यस्ता घटना बाहिर आउन पाउदैनन।

पुरुषविरुद्ध हिंसाको मानसिक प्रभाव
पुरुषविरुद्ध हिंसाबाट पिडित पुरुषहरु विभिन्न प्रकारका मानसिक बिचलनबाट पिडित हुन्छन। जस्तो कि आत्मा विश्वासको कमि , अनिन्द्रा,लज्जा बोध ,आफु दोषीको अनुभव गर्नु ,बेचैनी ,डर ,एक्लोपन र रित्तो पन ,रक्शि र लागु पदार्थ को कुलत , टोलाउने, यौन अरुचि ,काममा अल्छि पन र काममा तल्लो स्तरको प्रदर्शन आदि। गम्भीर अवस्थामा अपराध गर्ने र आत्महत्याको बाटो रोज्ने गर्छन। पुरुष विरुद्धको हिंसाको मानसिक प्रभाव परिवारभित्र छोरा छोरीलाई पनि पर्दछ। यस्ता पुरुष विरुद्धको हिंसालाई नजिकबाट हेरेका बालकहरु पछि गएर हिंसा र बलात्कारका घटनामा संलग्न भनेको कुरा खोजले पुस्टि गरेको छ।

लैगिक समानता अपरिहार्य छ। तर धेरै मनिस हरु मा यसको बुझाई मा प्रस्टता पाईदैन। महिला अधिकार र महिला विरुद्ध को हिंसा को नारा को अगाडी लैगिक समानताको सहि अर्थ छाया मा परेको देखिन्छ। महिला हिंसा विरुद्ध को लडाई र पुरुष हिंसा विरुद्ध को लडाई एक अर्को विरुद्ध को लडाई होइन। यो सिंगो हिंसा विरुद्ध को लडाई हो। हिंसा सधै निन्दनीय छ तसर्थ यसको अन्त हुनु पर्छ।

[तपाईँले पनि हिंसाबाट पीडित पुरुष कोही देख्नुभएको वा चिन्नुभएको छ ? पुरुषको नाम नखुलाई आफ्नो अनुभव सुनाउने मन भए agnijwala2009@gmail.com मा पठाइ दिनुहोला 

продвижениеjust кистиформкакая биржа самая криптовалют надежнаямонтаж плинтуса ценасабо на деревянной подошве купить