भक्तपुर ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा शुरुवात संस्थाले एचआईभी एड्सको निःशुल्क परीक्षण गर्ने भएको छ । १३ फ्रेबुअरी अर्थात शिवरात्रिका दिन फागुन १ गते भक्तपुरको दरबार स्क्वायरमा निःशुल्क एचआइभीको परीक्षण गरिने भएको शुरुवात संस्थाका कार्यकारी निर्देशक राजेश दीदीयाले जानकारी दिनुभयो ।

अत्याधुनिक प्रविधिको मेशिनले विशेष भ्यानमा राखेर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुरमा मात्रै दैनिक १० हजारभन्दा बढी कण्डमको खपत हुने जानकारी दिँदै उहाँले त्यसैलाई मध्यनजर राख्दै फागुन १ गते दरबार स्क्वायर र तौमढी ९पाँचतले मन्दिर परिसर० मा निःशुल्क कण्डम वितरण गरिने बताउनुभयो ।

साथै, युवालाई मनोरञ्जनबाटै कण्डमको प्रयोग गर्न चेतना फैलाउने उद्देश्यले फागुन १ गते दिउँसो दरबार स्क्वायरमा सांगीतिक कार्यक्रम लाइभ म्युजिकल कन्सर्ट० गर्ने भएको छ । गायक सौगात राई, एड्रियन प्रधानलगायत चर्चित व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।palaceсеоvkmp3.protourism4ukrднепропетровская женская зимняя обувьзапчасти к насосным станциям