‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि अन्नपूर्णसँग सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ। सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। पार्टीसचिव ज्ञवाली पनि माओवादी अध्यक्ष दाहालसँग सकारात्मक तवरले छलफल अघि बढेकाले राजनीतिक खाकामा सहमति जुट्ने विश्वास व्यक्त गर्छन्।

माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ भएको त होइन भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘त्यस्तो होइन। दुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’ दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अघि बढाइने ज्ञवालीले जनाए।

स्थायी समिति बैठकमा मुख्यमन्त्री छनोट गर्दा नेतृत्व हाबी भएर गुटबन्दी गरेको भन्दै आलोचना भएको थियो। बैठकको बीचमा वरिष्ठ नेता माधव नेपाल बाहिरिनुअघि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समावेशी तथा योगदानलाई पाखा लगाएको आरोप लगाएकी थिइन्।

३ नम्बर प्रदेशको संसदीय दलमा आफूलाई गुटको सिकार बनाएर चुनाव हराएको भन्दै शाक्य असन्तुष्ट छन्। वरिष्ठ नेता नेपालनिकट शाक्य पार्टी अध्यक्ष केपी ओली गुटका डोरमणि पौडेलसँग संसदीय दलको चुनावमा पराजित भएकी थिइन्। मुख्यमन्त्रीमा सबै ओली पक्षधर भएपछि नेपाल पक्षधर नेताहरू रुष्ट छन्।

майлentrée en russieобучение чехиипоисковикевиза в италию в сочикак раскрутить сайт на яндексе