सुर्खेत /प्रदेश नं ६ आर्थिक रूपमा कमजोर रहेकाले सबै राजनीतिक दलहरू मिलेर समृद्धि ल्याउन पहल गर्नुपर्ने ६ नम्बर प्रदेश प्रमुख दुर्गाकेशर खनालले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ ले आयोजना गरेको प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले सामूहिक पहलले विकास ल्याउन सकिने बताएका हुन् ।

८ फागुनसम्म सञ्चालन हुने महोत्सवमा ४ सय ९ वटा स्टल रहेका छन् । महोत्सव आयोजक समितिका संयोजक पदम शाहीले केन्द्र र प्रदेश सरकारले व्यावसायिक वातावरण बनाउन जोड दिनुपर्ने आवश्यकता रहेको बताउँदै प्रदेश ६ दक्षिणी नाकामा नजोडिएका कारण उत्तरतिरका नाका सञ्चालनमा ल्याई व्यापारिक सम्बन्ध जोड्नुपर्ने बताए । उनले भने, ‘सुर्खेतको विमानस्थलको स्तरोन्नति गर्न सबैले जोड दिनुपर्छ ।’

१५ करोड कारोबारको अपेक्षा
आयोजकले महोत्वसमा ३ लाख दर्शकले अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँबराबरको करोबार हुने अपेक्षा गरेको छ ।

प्रदेश ६ का निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु(याउने, वैदेशिक लगानीको सम्भावना पहिचान गर्ने उद्देश्य रहेको पनि आयोजकले जानकारी दिएको छ ।

त्यस्तै उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि, प्रदेश ६ को लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनेछ।самостоятельное продвижениеkosmetichkatracking financenewsonline24перфорация корня зубахалибут