२७ माघ, हेटौंडा । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । उनको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा एमालेका रामेश्वर फुयाल थिए ।

एमालेकै माधवकुमार नेपाल समूहले सभामुखमा राजेन्द्रमान श्रेष्ठलाई अघि उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, नेपाल समूहले उम्मेदवारी दर्ता गराएन ।

एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को कबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनी मुख्यमन्त्रीको दावेदार थिए । तर, संस्थापन समूहले डोमरणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै सानुलाई सभामुख बनाएको हो ।

एसै गरि उपसभामुखको चुनाव भोलिलाई तोकिएको छ । वाम गठबन्धनका तर्फबाट माओवादीकी राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।उनि पनि निर्बिरोध हुने निचित छ।

получитьмеждународные перевозки морским транспортомоткрытьвиза в германию в воронежепопла поппер купить харьковострова индонезии