काठमाडौं । गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । राष्ट्रियसभाले सर्वसम्मतले विधेयक फिर्ता गरेको हो।

भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता पाउँ भन्ने माग सभा अध्यक्ष समक्ष राखे पछि यो विधेयक फिर्ता भएको घोषणा भएको हो ।

‘जनताको भावना कदर गरेर प्रस्तुत विधेयक फिर्ता लिइ आवश्यक छलफल तथा परामर्श गर्ने निर्णय गरिएको’ जानकारी गराउँदै उनले विधेयक फिर्ताका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
उनले गुठी विधेयक फिर्ता भएपछि खारेजीको मागप्रति आश्चर्य व्यक्त गरिन्।

‘फिर्ता गरेर पुग्दैन भनेको सुन्दा अचम्म लाग्छ। जुन चिज थियो झिकेर लगियो। अब कुन चिज खारेजी गर्ने हो’, अर्यालले सोधिन्, ‘गुठी विधेयक सरकारसँग जोरी खोज्ने निहुँ बनाउनुभन्दा विकास र समृद्धिको छलफलमा सहभागी हुन म आग्रह गर्दछु