माघ २७, काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्री बन्न पूर्वमन्त्री शेरधन राईलाई बाटो खुलेको छ ।

१ नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा सचिव भीम आचार्यलाई २ मतले पछि पार्दै राई संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

एमाले संसदीय दलका नेता राई ४७ वर्ष पुगेका छन् । हालसम्म अविवाहित राईले प्रदेश १ को मुख्यमन्त्री बनेपछि विवाह गर्ने बताएका थिए ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि शुक्रबार राईलाई ‘अब मुख्यमन्त्री बन्ने पक्का भयो, बिहे कहिले गर्नुहुन्छ’ भन्ने प्रश्नमा उनले भने, ‘मेरो जीवनको एउटा पाटो अझै अधुरै छ, यसैले म यही कार्यकालभित्र अवश्य विवाह गर्छु ।’ तर, उनले आफ्नो प्रेमिका भए नभएबारे केही खुलाएनन् ।

२ फागुनभित्र सरकार

प्रदेश १ मा २ फागुनभित्र सरकार बन्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

एकल बहुमत अर्थात् ९३ सदस्यीय प्रदेश सभामध्ये ५१ सिट पाएको एमालेको दलको नेतामा निर्वाचित भएपछि राईले केही दिनभित्रै प्रदेश प्रमुखकहाँ सरकार गठनका लागि पत्र बुझाउने बताए ।

‘अब पार्टीको संसदीय दलको बैठक बसेर बहुमत लिएर प्रदेश प्रमुखकोमा जान्छौँ । ढिलोमा २ फागुनभित्र सरकार गठन भइसक्छ ।’ उनले प्रदेश १ लाई नमुना प्रदेश बनाउने बताए । आफ्नो नेतृत्वमा बन्ने सरकारको मुख्य उद्देश्य नै प्रदेशको विकास र समृद्धि भएको उनको भनाइ छ ।

को हुन् शेरधन राई ?

भोजपुरको आमचोक गाउँपालिका पसल भञ्ज्याङमा ११ फागुन ०२७ मा जन्मिएका शेरधन राईले समाजशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । ०४४ मा अनेरास्ववियुमा संगठित भएका राई ०४९/५० मा भोजपुर अध्यक्ष बनेका थिए ।

०४७ मा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी जिल्ला कमिटी सदस्य हुँदै ०५१ मा जिल्ला सचिवालय सदस्य र ०५४ मा सचिव भए । पार्टी विभाजन भएपछि निरन्तर चार कार्यकाल शेरधन एमाले भोजपुरको अध्यक्ष रहे ।

२७ वैशाख ०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत रहेका शेरधन अविवाहित छन् ।

२७ वैशाख २०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । उनि भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत हुन् । -नयाँ पत्रिका दैनिकबाट

поисковых санкцииосео оптимизацияв контакте пермьэмиграция в великобританию из украиныпушок Фокин