काठमाडौं /एनसेल आफ्नो सेवा विस्तारमा आक्रामक बनेको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा दावी गरेको छ । दुई वर्ष अघि मात्रै एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेल क्षेत्रमा मात्रै सेवा शुरु गरेको थियो ।

सबै प्रदेशका सबै शहर र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच पाउने कम्पनीले दाबी कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले गरेका छन् । ‘ग्राहकहरुलाई द्रुतगतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, शहरीक्षेत्र भन्दा बाहिरका स्थानहरु समेत समेट्दै सफलतापुर्वक फोरजी सेवा विस्तार गरिएको छ ।’ उनले भने, ‘एनसेलयो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भईरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।’

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको लिन पाउने कम्पनीले जनाएका छ ।