सरकारले आज १५ खर्बको 
बजेट ल्याउँदैछ।बार्षिक बजेट संसदकाे प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनलाइ एक साथ सम्वाेधन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गर्नेछन।बजेट भाषणकाे लागि सदनले अर्थमन्त्री डा.खतिवडालाइ ४ बजे समय दिएकाे छ। चार बजे बजेट भाषणपछि सदनकाे दुवै सदन अलग अलग बस्नेछन र यी बैठकले सरकारलाइ धन्यवाद दिनेछन।

गत बर्षकाे बजेट ठिक भएन भनेर स्वयम सत्तापक्षकै सांसदकाे तिव्र विराेध खेप्नु परेका अर्थमन्त्री डा.युवराज खतिवडाले यस बर्षकाे बजेट कसरी समन्वयकारी ल्याउने हुन हेर्न वाकी रहेकाे छ।अर्थमन्त्रीकाे तिव्र विराेधमा उत्रेका सांसदले यस बर्ष हरेक सांसदकाे निर्वाचन क्षेत्रमा १० कराेड रूपैया विकास बजेटकाे रूपमा हाल्न माग गरेका छन।याे माग पुरा भए सांसद खुशी हुनेछन भने नभए उनीहरू विराेध उत्रनेछन।

सरकारले यसै बजेटमा कर्मचारीकाे २५ प्रतिशत तलब बढाउने,बृद्धबृद्धाकाे भत्ता पाच हजार पुरयाउने अश्वासन दिएकाे छ।