काठमाडौं /पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार मुलुकभरका अदालत बन्द गरिने भएका छन् ।

पूर्वप्रधानन्यायाधीश खत्रीको बुधबार निधन भएको थियो । उनको शनिबार अन्त्येष्टि गरिएको थियो । खत्रीको शोकमा आज एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

रजिस्टार निरौलाद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको अवसानले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

९९ वर्षीय खत्रीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।