यसै विषयमा प्रधानमन्त्री आबेले चिनीया पोलिटब्यूरो सदय तथा विदेश विभाग प्रमुख याङ चेइचीसंग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।

सो भेटवार्ताको मुख्य विषय जुनको अन्तिम साता ओसाकामा हुने जी २० शिखर सम्मेलनका लागि राष्ट्रपति सिको ओसाका यात्रा रहेको थियो ।

भेटका क्रममा प्रधानमन्त्री आबेले भेटका क्रममा जापामा सुरु भएको नयाँ युग (रेइवा) र गणतन्त्र चीनको ७० औं वर्षगाँठका अवसरमा सिको स्वागत गर्न आतुर रहेको र त्यस क्रममा छलफल समेत गर्न चाहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री आबेले अब दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएको र राष्ट्रपति सिको जापान भ्रमणले जापान चीन सम्बन्ध अरु मजबुत हुने विश्वास लिएको र दुई मुलुकको सम्बन्धमा नयाँ युगकै शुभारम्भ हुने आशा व्यक्त गर्नुभएको थियो ।

प्रतिउत्तरमा याङले जी २० सम्मेलन पूर्ण सफल हुनेमा आशावादी रहेको र दुबै देशबीचको स्वजस्थ र स्थिर रुपमा विकसित हुने आफ्नो आशा रहेको बताउनुभएको थियो ।