प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताए । ‘वर्तमान सरकारको दायित्व स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन गर्ने थियो, त्यो कार्य सरकारले अन्तिम चरणमा पुर्‍याएको छ,’ शर्माले भने ‘नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनै पर्दैन । नयाँ जनमतअनुरूप बहुमत पुर्‍याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका कांग्रेस नेता यज्ञबहादुर थापाले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरेपछि सरकारले आफ्नो दायित्व पूरा गरेको बताए । ‘सरकारले निर्वाचनको चक्र पूरा गरी आफ्नो दायित्व पूरा गर्‍यो,’ थापाले बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा भने, ‘निर्वाचनसँगै नयाँ जनमत आएको छ, त्यही जनमतअनुरूप बहुमत ल्याउनेले सरकार बनाउँछ, फागुन दोस्रो सातासम्म नयाँ सरकार बनिसक्छ ।’

ghjdthrf cfqnfkasanЗащита от черного пиарасделатьWPS Performance Station отзывымодные туфли весна 2017