नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल बिधेयक पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू भएको टिप्पणी गर्दै यसलाई संसदबाट फिर्ता गराउन आफ्नु पार्टी लाग्ने जनाउ गरेका छन ।

नेपाली कांग्रेसले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन सभापति देउवाले सरकारले संसदमा दर्ता गराएको विधेयक संविधानको मर्म विपरित भएकाले फिर्ता गराउने बताउनुभएको हो ।

विधेयक पारित भए काउन्सिल सरकारी नियतको बन्धक हुने भन्दै कांग्रेसले काउन्सिललाई लाचार छायाँ बनाउन खोजेको आरोप समेत लगाएको छ ।

समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटी हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोझै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भएको दावी गरेको छ । उता

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल बिधेयक पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कु भएको

पत्रकार महासंघ र सरोकारवाला  सबैले बिरोध गरेकाछन।