पटकपटक बोलेर विवादमा आइरहने सञ्चार मन्त्री गाेकुल वास्काेटा फेरि अर्को ब्यवहारले विवादमा परेका छन ।  शनिवार,ठुलाे जम्वाे टाेली वाेकेर सञ्चार मन्त्री गाेकुल वास्काेटा रसुवागढी नाकामा पुगेका थिए ।

पारि चिनपट्टि पक्की भवन र भन्सार कार्यालय रहेकाे छ भने नेपाल पट्टी भने झुप्रामा भन्सार कार्यालय राखिएकाे छ।साेही नाकामा तस्वीर खिचाउदै मन्त्री वास्काेटाले रसुवागढी नाका हेरेपछि नेपाल र चीन सम्वन्ध घनीभुत बनाउन लागेकाे कुरा लेखेका छन । तर यससंगै उनले नेपालकाे गाैरवगाथा भरिएकाे शिलालेख पढेका छन तर उनले याे शिलालेख पढदा भने छालाकाे जुत्ताले शिला नजिकै टेकेर फाेटाे खिचाएका छन।इतिहासकाे  गाैरव गर्ने तरीका यहि हाे ? उनैले राखेकाे तस्वीर मानिसले यसरी प्रश्न गरेका छन।तर मन्त्री महाेदय वाेलेका छैनन।

नेपालकाे चीनसंग भन्दा पहिला भाेट अर्थात तिब्बतसंग दाैत्य सम्वन्ध थियाे।कहिले मिठाे त कहिल लडाइ भइरहन्थ्याे।नेपालले पटक पटक भाेटलाइ हराएर जरिवान समेत बार्षिक रूपमा उठाउने गर्दथ्याे।यस्ताे गाैरव गाथा वाेकेकाे भाेटलाइ चीनले अधिनमा लिएपछि नेपाल एक चीन नीतिकाे पक्षमा छ र अहिले चीनसंग नेपाल असाध्यै भर पनि परेकाे छ।केपी सरकार त झन उत्तरबाट नै समृद्धि ल्याउने तयारीमा लागेकाे थियाे तर अहिले अलि अडकिएकाे छ।