नेकपा माओवादी केन्द्रले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ ।

संसदीय दलको आज यहाँ बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान मकवानपुर र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर) लाई चयन गरेको छ ।

प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ नुवाकोट लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिए । संसदीय दलका नेता जमरकट्टेलले जनताको अपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजनालाई अगाडि बढाउने लक्ष्यका साथ आफ्नो पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताए ।

संसदीय दलको बैठकलाई माओवादी केन्द्रका ३ नं प्रदेश इञ्चार्ज हितमान शाक्य र नेता झक्कुप्रसाद सुवेदीले सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरेका थिए । “जनताको ठूलो अपेक्षा छ, आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउनुपर्नेछ । यो अवस्थामा माओवादी केन्द्रका सदस्यको भूमिका महत्वपूर्ण र प्रभावकारी हुनु जरुरी छ”, नेताद्वयको जोड थियो ।

पार्टी प्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही कालीकोट चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद कृष्णा शाहले जानकारी दिए। संसदभित्र प्रभावकारी भूमिका खेल्नका लागि दलका नेता तथा मुख्यमन्त्रीका प्रमुख दावदार जुम्लाका सांसद नरेश भण्डारीको सयोजकत्वमा तीन सदस्यीय संसदीय विधान मस्यौदा समिति पनि गठन गरिएको सांसद शाहले बताए ।

उनका अनुसार समितिमा रुकुम पश्चिम का सांसद विमला केसी र दैलेखका धर्मराज रेग्मीलाई सदस्यमा चयन गरिएको छ ।

अब बस्ने संसदीय दलको बैठकले माओवादी केन्द्रको भागमा परेको उपसभामुख र संसदीय दलका अन्य पदाधिकारीको चयन गर्ने उनको भनाइ छ । बैठकले दलको नेतामा चुनेसँगै शाहीलाई ६ नं प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुला भएको छ ।

वाम गठबन्धनबीच भएको सहमतिअनुसार यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख नेकपा ९एमाले०को भागमा परेको छ । छ नं प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका छ र राप्रपाका एक सांसद छन् ।

एमाले संसदीय दलमा कँडेल

एमाले ६ नं प्रदेशले संसदीय दलका नेतामा यामलाल कँडेल ९सुर्खेत० लाई चयन गरेको छ । ज्येष्ठ सदस्य पदमबहादुर रोकायाको अध्यक्षतामा आज यहाँ बसेको संसदीय दलको बैठकले सल्यानका सांसद प्रकाश ज्वालाको प्रस्ताव र जाजरकोटका सांसद करवीर शाहीको समर्थनमा उहाँलाई दलको नेतामा सर्वसम्मत चयन गरेको एमालेका उपाध्यक्ष तथा ६ नं प्रदेश संयोजक युवराज ज्ञवालीले जानकारी दिए ।

संसदीय दलको बैठकबाट यही माघ २९ गते हुने सभामुखको निर्वाचनका उम्मेदवार तथा संसदीय दलका अन्य पदाधिकारी चयन गरिने संसदीय दलका नेता कँडेलले बताए ।

विजयीलाई प्रमाणपत्र

प्रदेश नं ६ बाट राष्ट्रियसभा सदस्यमा विजयीलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतद्वारा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेल र प्रजिअ सीताराम कार्कीले संयुक्त रुपमा प्रमाणपत्र दिए ।

सो अवसरमा राष्ट्रियसभामा नवनिर्वाचित सदस्य कविता बोगटीले देश निर्माण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए। उनले भने, “यो प्रदेशको समृद्धि र विकासका लागि हामी निरन्तर भएर लाग्नेछौँ, हाम्रो प्रमुख भूमिका नै यही हुनेछ ।”

अर्का सदस्य कालीबहादुर मल्लले प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने र आर्थिक समृद्धिलाई प्रमुख कार्यसूची बनाएर लैजाने बताए । मुख्य निर्वाचन अधिकृत पौडेलले सबै जनप्रतिनिधिलाई जनताका सपना पूरा गर्न अनुरोध गरे । प्रजिअ कार्कीले विजयी सदस्यलाई जनमुखी भएर काम गर्न आग्रह गरे । रासस

в2визаслобановский классоладьи как делатьмтс омск каталог товаров